३ फागुन, काठमाण्डौ । आज प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा सम्बोधन गरी केही बेरमा पदवाट राजीनामा दिँदैछन् ।
बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठक सकिनेवित्तिकै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । सम्बाेधनपछि शितलिनवास पुगेर प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाउने परियारले बताए ।