१३ बैशाख २०८१, बिहिबार

माधव नेपाल प्रचण्डको पाेल्टामै पुग्ने प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापाको खुलासा


सूर्य थापा

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले समानान्तर कमिटीहरूको घाेषणाले अन्तत: माओवादी र प्रचण्डकाे पाेल्टामा नै पु-याउने निश्चित रहेको दावी गरेका छन् । थापाले नेकपा(एमाले), जबज र सूर्य चिन्हकाे पक्षमा गाेलबन्द भएर नै विभाजनकाे समस्या समाधान हुने दावी गरेका छन्।

एकाबिहानै उनले लेखेका छन्, “समानान्तर कमिटीहरूको घाेषणाले अन्तत: माओवादी र प्रचण्डकाे पाेल्टामा नै पु-याउने निश्चितप्रायःछ । नेकपा(एमाले),जबज र सूर्य चिन्हकाे पक्षमा गाेलबन्द भएर नै विभाजनकाे समस्या समाधान हुन्छ । जनता दुई कदम अगाडि स्पष्ट छन् । केही नेताकाे कुण्ठा र विखण्डनका पछि लाग्ने भूल कसैले नगराैं ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !