१२ असार २०८१, बुधबार

दार्चुला सीमा अतिक्रमणबारे अध्ययन गरिने परराष्ट्रमन्त्री ज्ञवालीको भनाई


प्रदीप ज्ञवाली

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले दार्चुलाको सीमामा जोडेर भारतले सुरक्षा पर्खाल बनाएको घटनाका सम्बन्धमा सरकारले सीमा रक्षाका लागि विशेष सतर्कता अपनाएको बताउनुभएको छ ।

दार्चुलाको सडक दुई देशबीचको सीमालाई छोएर भारतले पर्खाल बनाएको भन्ने विषयमा नापी विभाग, नेपाली सेना, नेपाल प्रहरी र जिल्लास्थित नापी कार्यालयका अधिकारीले स्थलगत अवलोकन गरी प्रतिवेदन तयार गरेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री ज्ञवालीले उक्त क्षेत्रको एक सातापछि नेपाल र भारत दुबै देशका नापी टोलीले स्थलगत निरीक्षण गरी पर्खाल सीमा मापदण्ड अनुरुप छकी छैन भनी निष्कर्ष निकाल्ने भन्दै यस विषयमा सरकार सजग रहेको बताउनुभयो ।

मन्त्री ज्ञवालीले बहु-क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक), सार्क लगायत क्षेत्रीय सङ्गठनमा नेपालको सक्रिय सहभागिता र पहलकदमीलाई प्राथमिकताका साथ अघि बढाएको जानकारी दिनुभयो । उहाँले सार्कलाई क्रियाशील बनाउन नेपालले प्रयास गरिरहेको पनि जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !