१३ बैशाख २०८१, बिहिबार

कांग्रेस सांसद कँडेलले भने, ‘केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री हुन्’


देवेन्द्रराज कँडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले केपी शर्मा ओली नेकपा एमालेको तर्फबाट अन्तिम प्रधानमन्त्री हुन सक्ने संकेत गरेका छन् । आज सोमबार पुन:स्थापित प्रतिनिधिसभाको सातौ बैठकको विशेष समयमा बोल्दै उनले यही अवस्था रहेमा ओली एमालेबाट अन्तिम प्रधानमन्त्री हुने बताएका हुन् ।

२०७४ सालको निर्वाचनका बेला गोरखाको पालुङटारमा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री हुने भनी अभिव्यक्ति दिएको प्रसंग समेत कोट्याएका छन् ।

वर्तमान प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्नेमा नलिएको भन्दै उनले प्रश्न समेत उठाए । संविधानको धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !