१२ बैशाख २०८१, बुधबार

संसद बैठकमै महेश बस्नेतले भने, ‘प्रधानमन्त्री ओलीको राजीनामा आउँछ’


महेश बस्नेत

काठमाडौं । एमालेका नेता महेश बस्नेतले आज बसेको संसदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भएको आरोपको बारेमा आफ्नो धारणा राखेका छन्। बस्नेतले प्रचण्ड र माधव नेपाल समूहमाथि ठुलो आरोप समेत लगाएका छन्।

बस्नेतले प्रचण्डले सरकारलाई समर्थन फिर्ता लिन नसकेको र ओलीको राजीनामा भने मागिरहेको भन्दै सकिन्छ भने समर्थन फिर्ता लिएर देखाउन आग्रह गरेका छन्। उनले माधव नेपाल समूहले पनि पार्टीको निर्णय विपरित उभिएर ओलीको राजीनामा मागेर ठुलो गल्ति गरेको आरोप लगाए।

नयाँ सरकार गठन गर्नको लागि जसपा पनि अघि सर्न नसकेको र कांग्रेस अगाडी बढेपनि माओवादी केन्द्रले समर्थन फिर्ता गर्न नसकेको आरोप लगाए। पार्टी एकीकरण गरेर स्वार्थ पुरा गर्ने रणनीतिमा लागेका प्रचण्डको सपना पुरा नभएर नेकपा फुटेको आरोप लगाए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !