७ बैशाख २०८१, शुक्रबार

माओवादी छोडेर एमालेमा प्रवेश गरी मन्त्री बनेका आङ्बुहाङको सांसद् पद खोसियो


टङ्क आङ्बुहाङ

काठमाडौँ । नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमाले प्रवेश गरी प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री बनेका टंक आङ्बुहाङको सांसद पद माओवादी केन्द्रले खोसेको छ ।

नेकपा माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेताको पद छाडेर एमाले प्रदेश गर्दै मन्त्री बनेका आङ्बुहाङलाई माओवादी केन्द्रले सासद्बाट हटाएको हो । सांसदबाट हटाएको जानकारी आजै प्रदेशसभालाई जानकारी दिने माओवादी केन्द्रको तयारी छ ।

पार्टी परिवर्तन गर्दै वर्तमान प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका प्रदेशसभा सदस्य आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

आङ्बुहाङले सांसद पद त्याग्न तयार रहेको अभिव्यक्ति दिंदै माओवादी केन्द्रले स्पष्टीकरण सोधेपछि जवाफ नदिने बताएका थिए । उनले जवाफ पठाइरहनुको औचित्य नभएको र अब पठाउँदा पनि केही नहुने बताएका थिए । माओवादीले पठाएको स्पष्टीकरण नबुझाएपछि पार्टीले उनलाई पदमुक्त गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव माओवादीले फिर्ता लिँदै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !