१३ बैशाख २०८१, बिहिबार

अन्तत: काठमाडौंमा पनि फुट्यो एमाले, खनाल-नेपाल समूहको अध्यक्ष वसन्त मानन्धर


अन्तत: काठमाडौंमा पनि फुट्यो एमाले, खनाल-नेपाल समूहको अध्यक्ष वसन्त मानन्धर

काठमाडौँ । अन्तत: काठमाडौं जिल्लामा पनि नेकपा एमाले फुटेको छ । नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहले वसन्त मानन्धरको अध्यक्षतामा काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको हो ।

राजधानी काठमाडौँमा आयोजित कार्यक्रममा नेताद्वय झलनाथ खनाल र माधव नेपालको उपस्थितिमा समानान्तर कमिटी घोषणा गरिएको हो । बाग्मती प्रदेशसभा सदस्य मानन्धरको नेतृत्वमा अलग्गै समानान्तर जिल्ला कमिटी गठन गरिएको हो ।

उक्त कमिटीमा उपाध्यक्ष शोभा सापकोटा, सचिव कुसुम कार्मी र उपसचिव लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् । संस्थापन ओली समूहको अध्यक्ष भने कृष्ण राई रहेका छन् । कृष्ण राई संघीय सांसद हुन् भने मानन्धर बागमती प्रदेश सांसद रहेका छन् । खनाल-नेपाल समूहको जिल्ला समिति २२५ जना सदस्यहरु रहेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !