७ मंसिर २०८१, शुक्रबार

कर्णाली एमाले संसदीय दलको बैठक : एमालेका मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने निर्णय


कर्णाली प्रदेश एमालेले संसदीय दलको बैठक

सुर्खेत । कर्णाली प्रदेशको नेकपा एमाले संसदीयको बैठकले सरकारमा सहभागी मन्त्रीलाई राजीनामा दिन दिर्नेशन दिने निर्णय गरेको छ । आइतबार संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले २४ घण्टाभित्र सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीलाई राजीनामा दिन निर्देशन दिने निर्णय गरेको हो ।

संसदीय दलका नेता यामलाल कंडेलले चैत ४ गते भएको निर्णयमा हेरफेर नभएको बताए । नेकपा एमालेले चैत ५ गतेदेखि लागू हुनेगरी सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय गरेकाले अविलम्ब मार्गप्रशस्त गर्नका लागि आग्रह गरिएको छ ।

सरकारमा सहभागी मन्त्रीहरूले पनि राजीनामा दिने प्रतिबद्धता जनाएका स्रोतले जनाएको छ । एमालेबाट मन्त्री बनेकाले राजीनामा दिने भएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार संकटमा पर्ने भएको छ ।

शाहीको मन्त्रिमण्डलमा एमालेबाट प्रकाश ज्वाला अर्थमन्त्री, दल रावल सामाजिक विकास मन्त्री र नन्दसिंह बुढा उद्योग मन्त्री रहेका छन् । नेकपा एमाले संसदीयको अर्को बैठक २४ गते दिउँसो १ बजे बस्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !