१ फागुन, जनकपुरधाम । २ नम्बर प्रदेशको सभामुखमा राजपाका सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।
सभामुखका लागि क्षेत्र नम्बर १ को (ख) वाट निर्वाचित यादवको मात्र उम्मेदवारी परेको छ । प्रदेश २ मा फोरम र राजपाको बहुमत छ र दुई दलको सहमतिअनुसार यादवले उम्मेदवारी दिएका हुन् ।