९ असार २०८१, आइतबार

ईश्वर पोखरेलले माधव र प्रचण्डलाई गरे अहिलेसम्मकै कडा व्यंग

ईश्वर पोखरेल भन्छन्, 'माधव र प्रचण्ड कमरेडहरू आत्मसमीक्षा गर्न थाल्नुस्'


ईश्वर पोखरेल फाइल फोटो

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले निलम्वित नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आत्मसमीक्षा गर्न आग्रह गर्दै व्यंग गरेका हुन् ।

सामाजिक संजाल फेसबुकमा आज राती लेख्दै उनले नेकपा रहेकै अवस्थामा विग्रहकारी प्रवृत्ति र गतिविधि बेरोकटोक बढिरहेका बेला पार्टी एकतालाई बचाउन धेरैले गरेको अनुनय विनयलाई सम्झिँदै आत्मसमीक्षा गर्न आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘नेकपा रहेकै अवस्थामा विग्रहकारी प्रवृत्ति र गतिविधि बेरोकटोक बढिरहेका बेला पार्टी एकतालाई बचाउन थुप्रै साथीहरूले गर्नुभएको अनुनय विनयलाई सम्झदै अब त आत्मसमीक्षा गर्न थाल्नुस् – माधव नेपाल/प्रचण्ड कमरेडहरू !’

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सर्वोच्च अदालत पुगेर तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (ने क पा) खारेज गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध दिएको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले सुनुवाइका लागि अस्वीकार गरी अनुमति नदिने भएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको आदेशमा पुनरावलोकन नहुने भएको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा दिएको पुनरावलोकन सम्बन्धी मुद्धामा अनुमति नहुने आदेश दिइएको हो ।

पुनरावलोकन निवेदनलाई निस्सा नदिने भन्नेबारे सर्वोच्च अदालतले आज निर्णय गरेको हो । पुनरावलोकन निवेदनलाई निस्सा नदिने भन्ने निर्णय राणासहित तेजवहादुर केसी र प्रकाश ढुंगानाको पूर्ण इजलासले गरेको हो ।

सर्वोच्चले निस्सा प्रदान नगरेपछि यो मुद्दाको सुनुवाइ प्रक्रिया अघि नबढ्ने भएको छ । यसरी सर्वोच्च अदालतले माओवादी केन्द्रले दायर गरेको पुनरावलोकन रिट अघि बढाउन अस्वीकार गरेपछि पोखरेलले यस्तो औपचारिक धारणा सार्वजनिक गरेका हुन् ।

यो पनि पढ्नुहोस्

प्रचण्ड रोएको फोटो ट्वीटरमा राखेर सूर्य थापाले यतिसम्म उढाए खिल्ली

एमाले र माओवादी ब्युँताउने आदेश पुनरावलोकन नगर्ने सर्वोच्च अदालतको फैसला


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !