९ असार २०८१, आइतबार

ओलीले भुसाल र पाण्डेलाई ओलीले कारबाही गरेपछि योगेशले दिए यस्तो चुनौति


योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेको खनाल-नेपाल समूहका नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपाका नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गर्दै कारबाही गरेपछि ओलीलाई चुनौति दिदै व्यंग गरेका छन् ।

सामाजिक संजाल लेख्दै उनले ॠषिमुनी र वुद्धको ज्ञान भूमी अनि मार्क्सवादको उर्वर भूमी नेपालमा आजकाल विद्वान, ईमान्दार र नैतिकवानहरुमाथि कार्वाही हुन्छ तर मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्कृत हुन्छन भन्दै धनश्याम र सुरेन्द्रमाथि त्यस्तै भद्धा मजाक गरिएको आरोप ओलीमाथि लगाएका छन् ।

उनले लेखेका छन्, ‘ॠषिमुनी र वुद्धको ज्ञान भूमी अनि मार्क्सवादको उर्वर भूमी नेपालमा आजकाल : विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कार्वाही हुन्छ । मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्क्रित हुन्छन । कमरेड धनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्धा मजाक गरिएको छ ।’

यो पनि पढ्नुहोस्

ओलीले कारबाही गरेपछि घनश्याम भुसालले लेखे यस्तो भावुक स्टाट्स

यस्ता छन् ओलीद्वारा भुसाल र पाण्डेलाई निलम्बन गरिएका छुट्टाछुटै पत्रहरु

अन्तत: ओलीले गरे भुसाल र पाण्डेमाथि कारबाही : पार्टीबाट ६ महिना निलम्बन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !