७ बैशाख २०८१, शुक्रबार

कर्णाली प्रदेश एमालेले चैत २२ गते बोलायो संसदीय दलको बैठक


कर्णाली प्रदेश एमालेले संसदीय दलको बैठक

कर्णाली । नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलको बैठक चैत २२ गते बोलाएको छ । एमालेले एकल सरकार गठन गर्नका लागि आवश्यक छलफलका लागि चैत २२ गते संसदीय दलको बैठक बोलाएको हो ।

गत चैत ५ गते बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यो बैठकमा नेकपा एमालेका नेपाल समूहका सांसदहरु अनुपस्थित भएका थिए । ओली पक्षले मुख्यमन्त्री शाहीले दिएको समर्थन फिर्ता लिएका थिए भने नेपाल समूहले समर्थन कायम रहेको जनाएका थिए ।

चैत २२ गते संसदीय दलको बैठक बोलाएको र त्यो बैठकले आगामी सरकार गठनका विषयमा रणनीति तयार गरेको एमाले सांसद दानसिंह परियारले बताए । आगामी बस्ने संसदीय दलको बैठकमा आफुहरु पनि सहभागी हुने नेपाल समूहका सांसद कुर्मराज शाहीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !