५ जेष्ठ २०८१, शनिबार

एमाले र माओवादी ब्युँताउने फैसलाविरुद्ध पुनरावलोकन निवेदन दिन प्रचण्ड पुगे सर्वोच्च


अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न प्रचण्ड सर्वोच्च अदालतमा फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत पुगेका छन् । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (ने क पा) खारेज गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दिन उनी सर्वोच्चमा पुगेका हुन् ।

नेकपा विवादबारे फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनमा जाने गरेको निर्णय अनुसार उनी अदालत पुगेका हुन् । सर्वोच्चले नेकपा खारेज गर्नु राजनीतिक प्रकृतिको फैसला रहेको निष्कर्षमा पुगेपछि माओवादी पुरावलोकनमा जाने निर्णय गरेको थियो ।

गत चैत्र १० गते मंगलबार उक्त पार्टीका कानुन व्यवसायीहरुले दिएको सुझावका आधारमा माओवादी केन्द्र सर्वोच्चको फैसलाबारे पुनरावलोकनमा जाने निष्कर्षमा पुगेको थियो । सो दिन बिहान स्थायी समिति बैठक अगाडि माओवादीले कानुन व्यवसायीहरू शम्भु थापा, रामनारायण बिडारी, चण्डेश्वर श्रेष्ठ, मुक्ति प्रधान लगायतसँग सर्वोच्चको फैसला र पुनरावलोकनबारे छलफल गरेको थियो ।

नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसला राजनीतिक प्रकृतिको भएको र मागदाबी नै नगरिएको विषयमा फैसला आएकोले ६० दिनभित्र पुनरावलोकनमा जानुपर्ने कानुनी व्यवस्था भए अनुसार उनीहरुले सुझाव दिएका थिए ।

कानुन व्यवसायीहरुले पनि नेकपा खारेज गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसला राजनीतिक प्रकृतिको रहेकाले पुनरावलोकनमा जान सुझाव दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !