९ जेष्ठ २०८१, बुधबार

एमालेका समानुपातिक सांसदको नामावली टुंगो


emale

२८ माघ, काठमाण्डौ । नेकपा एमालेका प्रतिनिधिसभा निर्वाचनका समानुपातिक तर्फका सदस्यको नामावली टुंगो लगाएको छ । धुम्वाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले समानुपातिकतर्फ प्राप्त गरेको ४१ स्थानका लागि अन्तिम नामावली टुंगो लगाएको सचिव योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार दलिततर्फ ५, आदिवासी जनजातितर्फ ११, खसआर्यतर्फ १२, मधेसीतर्फ ६, थारुतर्फ २ र मुस्लिमतर्फ १ महिलाको प्रतिनिधित्व गराइएको छ । त्यसैगरी चार जना पुरुषको नाम पनि परेको छ ।

को को परे समानुपातिकमा

१. मुकुन्द न्यौपाने (खसआर्य/पुरुष)
२. विजय सुब्बा (आदिवासी जनजाति/पुरुष)
३. मोहन बानियाँ (पिछडिएको क्षेत्र/पुरुष)
४. मोतीलाल दुगड (मधेसी/पुरुष)
५. थममाया थापा (आदिवासी जनजाति/महिला)
६. डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजाति/महिला)
७. सुजिता शाक्य (आदिवासी जनजाति/महिला)
८. रामकुमारी झाँक्री (आदिवासी जनजाति/महिला)
९. बिना श्रेष्ठ (आदिवासी जनजाति/महिला)
१०. कु. तुल्सी थापा (आदिवासी जनजाति/महिला)
११. नबिना लामा (आदिवासी जनजाति/महिला)
१२. शान्ति माया तामाङ पाख्रिन (आदिवासी जनजाति/महिला)
१३. कुमारी मेचे (आदिवासी जनजाति/महिला)
१४. बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति/महिला)
१५. राधा कुमारी ज्ञवाली (खसआर्य/महिला)
१६. बिन्दा पाण्डे (खसआर्य/महिला)
१७. गोमा देवकोटा (खसआर्य/महिला)
१८. कल्याणी कुमारी खड्का (खसआर्य/महिला)
१९. निरुदेवी पाल (खसआर्य/महिला)
२०. मनकुमारी जिसी (खसआर्य/महिला)
२१. मायादेवी न्यौपाने (खसआर्य/महिला)
२२. विष्णु शर्मा (खसआर्य/महिला)
२३. सरिता न्यौपाने (खसआर्य/महिला)
२४. मैना कुमारी भण्डारी (खसआर्य/महिला)
२५. तीर्था गौतम (खसआर्य/महिला)
२६. शान्ता चौधरी (थारु/महिला)
२७. लक्ष्मीकुमारी चौधरी (थारु/महिला)
२८. गंगा चौधरी (सत्गौवा) (थारु/महिला)
२९. निरादेवी जैरु (दलित/महिला)
३०. बिमला विश्वकर्मा (दलित/महिला)
३१. बिमला विक (दलित/महिला)
३२. पार्वतीकुमारी विसुंखे (दलित/महिला)
३३. सानु शिवा (दलित/महिला)
३४. आशाकुमारी विक (दलित/महिला)
३५. जुलीकुमारी महतो (मधेसी/महिला)
३६. डा. पुष्पा कुमारी कर्ण कायस्त (मधेसी/महिला)
३७. सरलाकुमारी यादव (मधेसी/महिला)
३८. रेखाकुमारी झा (मधेसी/महिला)
३९. सरिताकुमारी गिरी (मधेसी/महिला)
४०. कालिला खान (मुस्लिम/महिला)
४१. समिना हुसेन (मुस्लिम/महिला)-nagariknews


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !