७ मंसिर २०८१, शुक्रबार

सूर्य थापाले एमालेको खनाल-नेपाल समूहलाई दिए दु:खी आत्माहरूको संज्ञा


सूर्य थापा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एमालेको खनाल-नेपाल समूहलाई दिए दु:खी आत्माहरूको संज्ञा दिएका छन् । उनले दु:खी आत्माहरूलाई आज पार्टी एकता चाहिएकाे रहेछ भन्दै खनाल-नेपाल समूहको एमालेका नेताहरुलाई तीखो व्यंग प्रहार गरेका छन् ।

हिजो राती सामाजिक संजाल फेसबुकमा लेख्दै उनले पार्टी अध्यक्ष र प्रधानमन्त्री ओलीसहित हामी एक दर्जनमाथि कारबाहीकाे घाेषणा गर्ने, समर्थनमा थपडी बजाउने र पार्टी कब्जा गर्ने नियतमा समवेत् श्वरमा श्वर मिलाउन तछाडमछाड गर्ने भ्रममा बाँच्न बाध्य अभिशप्त दु:खी आत्माहरू भनेर खनाल-नेपाल समूहको एमालेका नेताहरुलाई टिप्पणी गरेका हुन् ।

उनले प्रचण्ड र माधव नेपालका इमान्दार नाेकर बनेर पुस ५ गतेयता फागुन २३ गतेसम्म तिनीहरूले बास्तवमा के चाहिँ गर्न बाँकी ? भनेर प्रतिप्रश्न समेत गरेका छन् । काेही प्रदर्शनी मार्गमा चिच्याएका थिए भने कोही केपी शर्मा ओलीलाई बालुवाटारबाट ननिकालेसम्म विश्राम लिन्नाैं भनेको समेत तितो स्मरण गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !