![upendra-Mahantha-Forum-Rajapa](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/02/upendra-Mahantha-Forum-Rajapa.jpg?fit=840%2C489&ssl=1)
२७ माघ काठमाण्डौ । संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालवीच २ नम्बर प्रदेशको सरकार निर्माण गर्न सहमति भएको छ । शनिबार साँझ काठमाडौंमा बसेको दुई दलको बैठकले सभामुख, उपसभामुख र मुख्य मन्त्री समेत सात मन्त्रालय बाँडफाँटको टुंगो लगाएको छ ।
फोरमाले मुख्यमन्त्रीसँगै उपसभामुख, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाउने भएको छ । राजपाले सभामुख, भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउने भएको छ ।