७ मंसिर २०८१, शुक्रबार

अर्थमन्त्री पौडेल भन्छन्, ‘तत्काल लकडाउन र सीमा बन्द हुँदैन’


विष्णु पौडेल फाइल फोटो

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथामका लागि तत्काल लकडाउन नहुने र सीमा बन्द नगरिने बताएका छन् । उनले कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेपनि सरकार लकडाउन सोचमा नभएको बताएका हुन् ।

पौडेलले सरकार बजेटको तयारीमा जुटेको बताएका छन् । बिहीबार अर्थमन्त्री पौडेलले स्वास्थ्य सुरक्षाका मापदण्डलाई भने कडाईका साथ पालना गराउने जानकारी दिए । सरकारको सोच के हो भने कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ त्यसबाट हामी जोगिनु पर्ने छ ।

अर्कोतर्फ आर्थिक सामाजिक क्रियाकलापलाई नियमित र सूचारु पनि गर्नुपर्ने आवश्यकता भएकोले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सूचारु पनि गर्नुका साथै स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्नुपर्ने समेत बताए ।

अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि बताए । सिद्धान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको र बजेटको तयारी पनि शुरु भइसकेको बताए । कोभिड पछिको आर्थिक पुनर्उत्थान, रोजगारी सिर्जना लगायतका विषयमा केन्द्रीत भएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले बताए ।

राष्ट्रिय प्राथमिकताका विषयहरुलाई निश्चित गर्ने र बजेट कार्यान्वयनलाई सुनिश्चितता गर्ने कुरालाई ध्यान दिएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारे । कोरोना भ्याक्सिन खरिदका लागि बजेटको अभाव हुन नदिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !