१ मंसिर २०८१, शनिबार

कोटेश्वरमा प्रचण्ड र नेपालबीच भेटवार्ता, के भयो छलफल ?


प्रचण्ड-नेपाल समूह फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका नेता माधव नेपालबीच आज बिहीबार छलफल भएको छ । विशेष स्रोतका अनुसार प्रचण्ड र नेपालबीच भेटवार्तामा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए ।

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधव नेपालवीच पार्टीमा आन्तरिक विवादले विभाजनको संघारमा पुगेको बेला प्रचण्ड र नेपालको भेटवार्ता हुनेलाई विशेष अर्थमा हेरिएको छ ।

एमालेमा खनाल-नेपाल समूहको ओलीसँग कुरा नमिलेर पार्टी विभाजन हुने स्थिति आएमा कतै नेपाल प्रचण्डसँग मिलेर नयाँ पार्टी स्थापना गरेर अघि बढ्न सक्ने हल्ला बजारमा नचलेका होइनन् । खनाल-नेपाल समूहले एमालेमा अस्त्तित्वको लागि अन्तिमसम्म लड्ने रणनीतिमा रहेको छ ।

सर्वोच्च अदालतद्वारा २३ फागुनमा भएको नेकपा खारेजीको फैसलाबारे पुनरावलोकनका सन्दर्भमा कोटेश्वरस्थित व्यवसायी चन्द्रलाल श्रेष्ठको घरमा प्रचण्ड र नेपालबीच छलफल भएको हो । सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्रले न्यायिक पुनरावलोकनमा जाने निर्णय लिएपछि प्रचण्ड र नेपालबीच छलफल भएको बुझिएको छ ।

सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी ब्युतियाइ दिएपछि पेरिसडाँडामा अन्तिम स्थायी कमिटी बैठक गरेर छुट्टिएका नेताहरूबीच यसबीचमा बैठक र छलफल भने निरन्तर रुपमा चलिरहेको छ ।

प्रतिनिधिसभा पुनःस्थापनाको १ महिना बितिसक्दा पनि केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा अघि नबढी काँग्रेस सरकारमा पनि नजाने र अविश्वासको प्रस्ताव पनि ओलीविरुद्ध नल्याउने बताएपछि प्रचण्ड र माधव नेपाल झस्किएका छन् ।

यसबीचमा ओलीलाई हटाउन भनेर प्रचण्ड र नेपालबीच धेरै पटक छलफल भएपनि विपक्षी दलहरू काँग्रेस र जसपा तयार नहुँदा संकटमा परेका छन् । विदेशी शक्तिले कांग्रेस र जसपालाई ओली हटाउनबाट रोकेको आशंका प्रचण्ड-नेपाल समूहको ठम्याई रहेको छ । सर्वोच्च अदालतको नेकपा खारेज गरेर एमाले र माओवादी ब्युतियाइ दिने फैसला प्रचण्ड र नेपाललाई निल्नु न ओकल्नु जस्तो भएको छ भने ओली झन् शक्तिशाली भएका छन् ।

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीको संसदीय दलको बैठक भोलि शुक्रबार बिहान ११ बजे बोलाएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् । भट्टराईका अनुसार प्रधानमन्त्री तथा संसदीय दलका नेता ओलीले प्रतिनिधिसभा बैठक र पार्टीका सांसदहरूको भूमिका बारेमा छलफल गर्न दलको बैठक बोलाएको बताएका छन् ।

भोलि शुक्रबार नै नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहले केन्द्रीय समिति बैठक बोलाएको छ । शुक्रबारको बैठकमा सहभागी हुने कि नहुने भन्नेबारे नेताहरूबीच छलफल हुन बाँकी रहेकोले खनाल-नेपाल समूहका सांसदहरू के गर्ने हो भनेर अन्योलमा रहेका छन् ।

यो पनि पढ्नुहोस्

ओलीले बोलाए संसदीय दलको बैठक, खनाल-नेपाल समूह होला त सहभागी ?

खनाल-नेपाल समूहले बोलायो केन्द्रीय समिति बैठक

अन्तत: झुक्यो खनाल-नेपाल समूह : चार नेताले जवाफ पठाउने

खनाल-नेपाल समूहको तयारी : स्पष्टीकरणको जवाफसहित ओलीलाई नै प्रतिस्पष्टीकरण सोध्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !