४ चैत्र २०८१, मंगलबार

ओली र प्रचण्डलाई कमल थापाले दिए यस्तो कडा प्रतिक्रिया


कमल थापा फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पुष्पकमल दाहालले लाजमर्दो राजनीति गरेको आरोप लगाएका छन्। अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्डले बर्षौदेखि विदेशीबाट पालित पोषित ‘एजेन्ट’ भनि आरोप लगाएको सुन्दा आश्चर्य लागेको बताएका छन्।

प्रचण्डले यस्तो आरोप लगाए पनि अहिले भने ओली सरकारलाई दिएको समर्थन कायम राखेको देख्दा आश्चर्य लागेको थापाले बताएका छन् ।

थापाले एक स्टाटस लेख्दै भनेका छन्, “२पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री @kpsharmaoli लाई ‘बर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनि आरोप लगाएको सुन्दा आश्चर्य लागेकोछ।यस्तो गंभीर आरोप लगाउने,तर सरकारलाई दिएको समर्थन कायम राख्ने! लाजमर्दो राजनीति।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !