फाइल फोटो
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली संविधान मास्ने पात्रको रुपमा अगाडि बढेको आरोप लगाएका छन् ।
आइतबार एक कार्यक्रममा बोल्दै प्रचण्डले अहिलेको व्यवस्था मन नपाउनेहरुले मास्ने पात्रको रुपमा अगाडि बढेको आरोप लगाएका छन् । प्रचण्डले भने “संविधान सिध्याउन सक्ने, गणतन्त्र सिध्याउन सक्ने, उत्पीडित वर्ग, क्षेत्र, लिंग, बीसौं पच्चीसौं वर्षदेखि विदेशीले हुर्काएका पनि को हो भनेर हेर्दै जाँदा सबैले ओली नै देखियो भनेका छन् ।’