५ जेष्ठ २०८१, शनिबार

प्रधानमन्त्री ओलीको राजीनामा माग्दै प्रकाशमान सिंहले दिए कडा प्रतिक्रिया


प्रकाशमान सिंह

काठमाडौँ । कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् । सिंहले नयाँ सरकार गठनका निम्ति ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा एमाले र माओवादी–केन्द्र छाडेर आएका कार्यकर्तालाई नेपाली कांग्रेसमा प्रवेश गराउँदै सिंहले ओलीले न्यूनतम नैतिकतासमेत नदेखाएको आरोप लगाए । माओवादीले समर्थन फिर्ता नलिएको तथा जनता समाजवादी पार्टीले सरकारको राजीनामा माग नगरेको परिस्थिति भए पनि राजनीतिक मूल्यमान्यताको ख्याल गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !