८ जेष्ठ २०८१, मंगलबार

देश बनाउने भन्दा लुट्नेहरु शक्तिशाली छन् : नेता चन्द्र भण्डारी


चन्द्र भण्डारी

काठमाण्डौ । नेपाली कांग्रेसका यूवा बौद्धिक नेता तथा संविधानसभा सदस्य चन्द्र भण्डारीले देश बनाउने भन्दा लुट्नेहरु शक्तिशाली भएको बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले मुर्ख घोडा चढ्नेहरु तवेलामा लम्पसार भएको उनको भनाई रहेको छ । साथै देशमा नकारात्मक सोचमा दर्शक बढ्दै गएकोमा चिन्ता समेत प्रकट गरेका छन् ।

देश, समाज र सस्कृतिलाई माया गर्नेहरु अभाव र षडयन्त्रमा फसेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले विद्वान चुपचाप भएको, मुर्खहरूको रजाइँ भएको, विचार बन्दी भएको र स्वार्थी गुटको घेराबन्दीमा देशको राजनीति रुमलिएकोमा गम्भीर असहमति व्यक्त समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘देश बनाउने भन्दा लुट्नेहरु सक्तिसाली छन । मुर्ख घोडा चड्नेहरु तवेलामा लम्पसार छन । नकारात्मक सोचमा दर्शक (Viwer) बढ्दै छन । देश समाज र सस्कृतिलाइ माया गर्नेहरु अभाव र षडयन्त्रमा फसेका छन । विद्वान चुपचाप छन् ; मुर्खहरूको रजाइँ छ विचार बन्दी छ; स्चार्थी गुटको घेराबन्दी छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !