१८ बैशाख २०८१, मंगलबार

दलको विधान संशोधनपछि ओली यति शक्तिशाली, पाए सांसद हटाउन सक्ने अधिकार


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको एमालेको आज बालुवाटारमा बसेको केन्द्रीय सदस्यहरुको बैठकले विधान संशोधन पारित गरेपछि ओली पार्टीमा यति शक्तिशाली भएका छन् कि उनले चाहेमा समानुपातिक सांसदलाई जतिखेर पनि हटाउन सक्नेछन् ।

सो बैठकले पारित गरेको संशोधित विधानले दिएको अधिकार अनुसार नेकपा एमालेको संसदीय दलका नेता समेत रहेका ओलीलाई समानुपातिक सांसद हटाउन सक्ने अधिकार दिइएको हो । संशोधित विधानमा अध्यक्षलाई अधिकार प्रत्यायोजन शीर्षकमा राखिएको एजेण्डाबारे बैठकले समानुपातिक सांसद हटाउन सक्ने अधिकार पनि ओलीलाई दिएको हो ।

सप अधिकार अनुसार ओलीलाई संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरुको बन्दसूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्न सक्ने अधिकार दिइएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।

एमालेका मुख्य सचेतक विशाल भट्टराईका अनुसार संसदीय दलको संशोधित नयाँ विधानले संसदीय दलका नेताले पार्टी निर्णय र हितविरुद्ध काम गर्ने सांसदलाई बढीमा ६ महिनासम्म निलम्बन गर्ने व्यवस्था गरेको जानकारी दिए ।

यसैगरी दलको विधानमा संसदीय दलका नेताले नै संसदीय दलका उपनेता, मुख्य सचेतक र सचेतक तथा राष्ट्रियसभाका सचेतक र दलको प्रनिनिधि मनोनित गर्ने व्यवस्था गरेको छ । यस्तै उनका अनुसार बैठकले यही चैत ५ गते गरेको प्रस्तावका आधारमा २४ सदस्यीय संसदीय बोर्ड बनाउने निर्णयलाई पनि सर्वसम्मत पारित गरेको छ ।

यो पनि पढ्नुहोस्

माधव नेपालसहित एमालेका ५ जना नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

नेकपा एमाले संसदीय दलको विधान संशोधन प्रस्ताव पारित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !