६ बैशाख २०८१, बिहिबार

अर्थमन्त्री र एमाले नेता रावलवीच पाखुरा सुर्कासुर्की


rajendra and bhim

२६ माघ, काठमाण्डौ । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र एमाले उपाध्यक्ष भीम रावलवीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकमा पाखुरा सुर्कासुर्की भएको छ । दुई नेतावीच पाखुरा सुर्कासुर्की भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप गरेर रोकेका छन् ।

बालुवाटारमा शुक्रबार बसेको बैठकमा रावलले सीईओ गोविन्द पोखरेललाई चुनावमा पठाएर प्राधिकरणलाई अस्थिर बनाएको र भूकम्प पीडितहरुप्रति गैरजिम्मेवार भएको आरोप लगाएका थिए । साथै उनले कुन ऐन र नियमावलीअनुसार थप एक लाख अनुदान दिने निर्णय भयो भन्ने प्रश्न गरेका छन् ।

निर्देशक समितिवाट पास गराएमा मात्र मन्त्रिपरिषदवाट निर्णय गराउनु पर्ने उनको तर्क थियो । उनले सरकारमाथि प्राधिकरणलाई अस्थिर र निकम्मा बनाएको आरोप लगाइरहँदा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बैठकमा प्रवेश गरे ।

रावल बोलेलगत्तै उनले भूकम्प पीडितलाई एक लाख दिने निर्णय सही भएको तर्क गरे । एमाले उपाध्यक्ष रावलले प्रतिवाद गरे । आफूले ‘तपाईं ढिलो आउनुभयो । मैले यहाँ विधि प्रक्रियाको कुरा गरेको छु,’ सरकारले स्वेच्छाचारी ढंगले निर्णय गर्न मिल्दैन भन्दा अर्थमन्त्री ‘बुरुक्क उफि्रएर’ आफू भएको ठाउँमा आएको रावलले बताए ।

‘हामीलाई स्वेच्छाचारी भन्ने’ भन्दै अर्थमन्त्री पाखुरा सुर्किएर आएको एक सहभागीले बताए । जवाफमा एमाले नेता रावलले ‘त्यसो भए निर्देशक समितिवा किन निर्णय गर्नुपर्योा, अर्थमन्त्रालय फर्मान जारी गर्नुस्,’ भनेका थिए ।

दुबै नेताबीच चर्काचर्की भएपछि बैठकको अध्यक्षता गरिरहेका प्रधानमन्त्री देउवाले हस्तक्षेप गर्नु परेको थियो । उनले आफूहरुको चुनावी प्रतिवद्धता भएकाले एक लाख दिने निर्णय गरेको भन्दै विवाद नगर्न नेताहरुलाई आग्रह गरेका छन् । मन्त्रिपरिषदवाट निर्णय गर्नुअघि निर्देशक समितिमा सहमति नजुटाउनु कमजोरी भएको स्वीकार गरे ।-अनलाइन खबर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !