काठमाडौं । एमालेकी सचेतक शान्ता चौधरीले केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा अनुपस्थित माननीयज्युहरुको अगाडि अराजकताको प्रश्न चिन्ह खडा भएको टिप्पणी गरेकी छन् ।
ओलीले बोलाएको उक्त बैठकमा माधव नेपाल-झलनाथ खनाल समूह अनुपस्थित भएपछि चौधरीले यस्तो बताएकी हुन् । चौधरीले सामाजिक संजालमा लेखेकी छन्, “दलको नेताले बोलाउनु भएको संसदीय दलको बैठकमा अनुपस्थित माननीयज्युहरुको अगाडि अराजकताको प्रश्न चिन्ह खडा भयो ।”
दलको नेताले बोलाउनु भएको संसदीय दलको बैठकमा अनुपस्थित माननीयज्युहरुको अगाडि अराजकताको प्रश्न चिन्ह खडा भयो ।
— Shanta Chaudhary (@shantadangnepal) March 18, 2021