७ पुस २०८१, आइतबार

प्रचण्डलाई छट्पटी : तनावमुक्त हुन लागे सिन्धुलीतिर


प्रचण्ड तनावमा

काठमाडौं । नेपालमा राजतन्त्र हटेर लोकतन्त्र आइसक्दा पनि नेपालका राजनीतिक दलका नेताको ठाँट भने अझै राजसी नै देखिन्छ । यस्तो विलासी जीवनशैली हुनेमा नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पंक्तिमा आउने गर्छन् ।

विगतमा सर्बहाराका नायक भनेर चिनिने प्रचण्डलाई सुत्न किन डेढ लाख पर्ने खाट चाहियो भनेर उनको खुव आलोचना भएको थियो । त्यति मात्र नभएर १ लाखको घडी, महँगो फ्ल्याट जस्ता विलासी जीवनयापन गरेको भनेर समेत आलोचन हुने गर्दछ ।

कर्णालीमा आफ्नो पार्टीको सरकार अल्पमतमा पर्ने भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुलीतिर लागेका छन् । उनी तनावमुक्त हुनलाई त्यसतर्फ गएको बुझिएको छ । यसअघि पनि अध्यक्ष प्रचण्ड तनावमा परेका बेला पटकपटक सिन्धुपाल्चोकको सुकुटे रिसोर्ट जाने गरेका थिए ।

तर आज भने उनी तनावमुक्त हुनका लागि सिन्धुली गएका छन् । सिन्धुलीमा कुनै औपचारिक कार्यक्रम नभएपनि तनावमुक्त हुन मात्र प्रचण्ड सिन्धुली हिँडेको उनको सचिवालय स्रोतले जनाएको छ । सिन्धुलीमा उनी नेता हरिबोल गजुरेलको निवासमा बस्ने व्यवस्था मिलाइएको बुझिएको छ ।

यो पनि पढ्नुहोस्

प्रचण्डलाई यतिठुलो चटारो: एमालेले फिर्ता लियो कर्णाली प्रदेशलाई दिएको समर्थन

कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन एमालेद्वारा फिर्ता, अव के गर्लान् मुख्यमन्त्री शाहीले ?

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको विकल्प राजीनामा !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !