५ जेष्ठ २०८१, शनिबार

ईश्वर पोखरेल र योगेश भट्टराईवीच चर्कियो शीतयुद्ध : एमालेका कार्यकर्ता नै रणभुल्लमा


योगेश भट्टराई र ईश्वर पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का महासचीव ईश्वर पोखरेल र खनाल-नेपाल समूहको प्रचार विभाग प्रमुख योगेश भट्टराईको बक्तव्य र धारणाले आम पार्टीका कार्यकर्ताहरु नै कसको कुरा पत्याउने र मान्ने भनेर रणभुल्लमा परेका छन् ।

झलनाथ-माधव समूहका नेता भट्टराईले हिजो ललितपुरका आयोजित पत्रकार सम्मेलनमा बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापी रुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेकोले उपस्थित हुन पार्टीका सवै नेताहरु र कार्यकर्ताहरुलाई आग्रह गरे ।

हिजो सो पत्रकार सम्मेलन भएको बेलुकी नेकपा (एमाले) का महासचीव ईश्वर पोखरेलले एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) को चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भनी प्रचारित सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । एमालेको तर्फवाट त्यस्तो त्यस्तो कुनै पनि भेला आयोजना नगरिएको पोखरेलले प्रष्ट पार्दै भेलामा सहभागी हुनेहरुलाई कारवाही हुन सक्ने संकेत पोखरेलले गरेका थिए ।

प्रधानमन्त्रीकै सामुन्ने पोखरेल र भट्टराईबीच चर्काचर्की

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीकै सामुन्ने सिसिएमसीका संयोजक समेत रहेका तत्कालिन रक्षामन्त्री ईश्वर पोखरेल र तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईबीच भनाभन भएको थियो । कोरोना संक्रमणको फैलँदो अवस्थालाई कसरी नियन्त्रणमा राख्ने भने विषयमा छलफल गर्न बालुवाटार पुगेका दुई मन्त्रीबीच भनाभन भएको थियो ।

गत भदौमा नेपाल एयरलाइन्सको जहाज नेपालबाट दुबई प्रस्थान गरेपछि कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले अन्तिम समयमा विदेशबाट नेपाली ल्याएर राख्न नसकिने निर्णय गरेपछि दुबईबाट नेपाल आउने तयारीमा रहेका २३० जना नेपाली नागरिक लिन गएको उक्त जहाज रित्तै फर्कियो ।

मन्त्रिपरिषद्ले गरेको निर्णय विपरीत केन्द्रले यस्तो निर्णय गरेपछि जहाज रित्तो फर्किएको विषयलाई लिएर तत्कालिन कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रका तत्कालिन संयोजक पोखरेल र तत्कालिन नागरिक उड्डयनमन्त्री भट्टराईबीच बैठकमै चर्काचर्की परेको थियो ।

स्रोतका अनुसार त्यसपछि केन्द्रको बैठकमा संयुक्त अरब ईमिरेट्स युएईमा उद्धारका लागि गएको नेपाल एअरलाइन्सको जहाज रित्तै फर्काएपछि भट्टराई पोखरेलसँग क्रुद्ध हुन पुगेका थिए । तर भट्टराई जङ्गिएपछि पोखरेल मौन बसेका थिए ।

स्रोतका अनुसार होटल र क्वारेन्टिनको प्रबन्ध राम्रो नभएको भन्दै केन्द्रका संयोजक पोखरेलले उद्धार उडान नभर्ने निर्णय गरेका थिए । निजी कम्पनीमा यात्रु ल्याउन नेपाल एअरलाइन्सको विमान रित्तै फर्काएको पर्यटन मन्त्रालय स्रोतको भनाइ छ ।

योगेश र ईश्वरको जम्काभेट : एक अर्कासँग बोल्दै बोलेनन्

गत फागुन १९ गते नयाँ बानेश्वरस्थित सिभिल अस्पतालको प्राङ्गणमा सरकारका उपप्रधानमन्त्री समेत रहेका ईश्वर पोखरेल पनि भ्याक्सिन लगाउन पुगेका थिए । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, नेकपा प्रचण्ड नेपाल समूहमा दुबै अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले उनीभन्दा पहिल्यै खोप लगाएर फर्किसकेका थिए ।

खोप लगाएपछि मन्त्री पोखरेल आराम गर्ने टेन्टभित्र छिरे । जहाँ अन्य सांसदसँगै तत्कालिन नेकपा प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराई बसेका थिए । उनी बसे सँगैको कुर्सीमात्र खाली भएका कारण पोखरेल पनि सोही कुर्सीमा आरामका लागि बस्न पुगे ।

योगेश भट्टराई र ईश्वर पोखरेल

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि मन्त्रीबाट राजीनामा गरेका योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री भेटभएपछि केही कुराकानी हुन्छ कि ? प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा पार्टीको दुई समूहमा बाँडिएका दुई नेताको भेटमा कुनै अनौपचारिक भलाकुसारी होला कि भन्ने जिज्ञासाका साथ सञ्चारकर्मीहरूले उनीहरुतिर क्यामेरा सोझ्याइरहेका थिए । तर झन्डै २० मिनेट वल्लो–पल्लो कुर्सीमा बसेका दुई नेताबीच कुनै संवाद भएन ।

हिजो पत्रकार सम्मेलनमा भट्टराईको भनाई : कारबाहीका लागि हामी लामबद्ध छौं

नेकपा एमालेका सचिव समेत रहेका भट्टराईले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई धम्कीको भाषा नबोल्न चेतावनी दिएका थिए । हिजो नै मंगलबार बालुवाटारमा आयोजित चियापान समारोहमा एमाले अध्यक्ष केपी ओलीले गुटगत भेला गरे कारबाही हुनसक्ने चेतावनी दिएका थिए ।

खनाल-नेपाल समूहका प्रचार विभाग प्रमुख भट्टराईले राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा हिजो पार्टी कठिन अवस्थाबाट गुज्रिरहेको घडीमा धैर्य र संयमताका साथ पार्टीको सुदृढ एकता र विधान सम्मत सञ्चालनका लागि आ-आफ्नो ठाउँबाट योगदान गर्न पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकमा आग्रह गरेका थिए ।

राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधान सम्मत रुपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल गर्न गइरहेको बताएका थिए । उनले ओलीलाई धम्की भाषा प्रयोग नगर्न चेतावनी दिएका थिए ।

उनले इतिहासको कठघरामा उभिँदा आइपर्न सक्ने प्रश्नको उत्तर दिने हिम्मत राखेर अघि बढ्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए । इतिहासले सोधेका प्रश्नको उत्तर दिन असमर्थ भएको बेला इतिहासले ओलीमाथि कठोर कारबाही गर्ने उनले बताए ।

उनले पार्टीको इतिहासतर्फ फर्केर हेर्न र दललाई सुदृढ बनाउने काममा लाग्न पनि उहाँले प्रधानमन्त्री ओलीलाई सुझाव दिए । उनले बुधबार काठमाडौंमा हुन लागेको राष्ट्रिय कार्यकर्ता भेलाको प्रमुख आतिथ्यता ग्रहण गर्न प्रधानमन्त्रीलाई अनुरोध गरे । देशभरिबाट आएका कार्यकर्ता नेकपा एमालेकै भएको र पार्टी अध्यक्षको हैसियतले आफ्ना कार्यकर्ताको भेलाको प्रमुख आतिथ्यता ग्रहण गरी सम्बोधन गर्न आग्रह गरे ।

गुटगत भेला नगर्न पोखेरेलको निर्देशन

नेकपा (एमाले) को झलनाथ-माधव समूहले यही चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेलाप्रति नेकपा (एमाले) का महासचीव ईश्वर पोखरेलले कडा आपत्ति जनाएका थिए । पोखरेलले गुटगत भेला नगर्न नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।

खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाप्रति ओली समूहको जनायो कडा आपत्ति

पोखरेलले हिजो साँझ एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) को सो राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भनी प्रचारित सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । नेकपा एमालेको तर्फवाट त्यस्तो त्यस्तो कुनै पनि भेला आयोजना नगरिएको पोखरेलले प्रष्ट पारेका छन् । भेलामा सहभागी हुनेहरुलाई कारवाही हुन सक्ने संकेत पोखरेलले गरेका छन् ।

भट्टराईले आज गरेको आग्रह

भट्टराईले आज सामाजिक संजालमा लेख्दै छुलिया ग्यांङको कुप्रचारको भ्रममा नपर्न नेताहरु र कार्यकर्ताहरुलाई आग्रह गर्दै नेकपा एमालेको आज र भोलिको राष्ट्रिय भेला तोकिएको समय र स्थानमा हुने प्रष्ट पारे ।

उनले यस्तो लेखेका छन्, छुलिया ग्यांङको कुप्रचारको भ्रममा नपर्नु होला । नेकपा एमालेको आज र भोलीको राष्ट्रिय भेला तोकिएको समय र स्थानमा हुनेछ ।’

निष्कर्ष

हुनपनि यी दुवै जना नेताहरुवीच धेरै समय अघिदेखि चरम शीतयुद्ध चल्दै आएको थियो र छ पनि । विगतमा नेकपा एकीकरण भएपछि एकाएक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तिर लागेका नेकपा एमालेका नेता माधव नेपाल र प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीवीच पानी बाराबारको सम्वन्ध फेरि पुनर्मिलन हुने संकेत देखिएको थियो ।

प्रधानमन्त्री ओलीले २८ गते गरेको निर्णयको प्रतिक्रियामा नेपाल समूहले समानान्तर विभागहरू गठन गरेको थियो भने चैत ४ र ५ गते राष्ट्रिय भेला बोलाएको छ । प्रधानमन्त्री ओलीले चैत ७ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएका छन् ।

अन्तत: विभाजनको संघारमा पुगेका सत्तारुढ दल नेकपाका यी दुवै समूहका शीर्ष नेताहरुवीच भेटघाट भएपछि आम नेता र कार्यकर्तामा छाएको खुशियाली त्यसको १ दिनपछि नै चरम निरासा छाएको छ । उक्त पार्टीका कार्यकताहरु र आम जनताले कुनै पार्टीको विभाजन रुचाउदैनन् । जनताको चाहना भनेको देशमा राजनीतिक स्थायित्व होस् भन्ने नै हो ।

ठुलो दुर्घटना हुनवाट अव चाहि एमाले बचेको हो कि भन्ने आम जनता र यस पार्टीका कार्यकर्ताको चाहना विपरित फेरी एमाले विभाजनको संघारमा पुगेको छ । हुनपनि सवै नेपाली जनतले देशमा राजनीतिक स्थायित्व चाहेका छन् ।

हुनपनि एउटै खाटमा सुतेपछि कहिलेकाहीं गोढाले लाग्नु स्वाभाविक हो । आपसी समझदारीवाट पार्टीमा देखिएको विवाद समाधान गर्नु देशकै लागि सुखद कुरा हुनेछ । बिगतमा एकअर्काले गरेका गल्ती महसूस गरेर हातेमालो गरेर अघि बढ्नु नै आजको आवश्यकता हो।

यो पनि पढ्नुहोस्

खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि शुरु

खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाप्रति ओली समूहको कडा आपत्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !