काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको मृत्यु भएको भ्रामक समाचार सम्प्रेषण गरेपछि उनको परिवारले खण्डन गर्दै कडा आपत्ति जनाएको छ । परिवारले जोशीको आधिकारिक फेसबुक पेजबाट एक स्टाटस पोष्ट गर्दै जोशीको स्वास्थ्यका विषयलाई लिएर सामाजिक सञ्जालमा आएका समाचारहरु प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कुनै पनि व्यक्तिको निधन जस्तो अति संवेदनशील विषयमा अनुमानको भरमा समाचार सम्प्रेषण नगरिदिन हुन सरोकारवाला सबैमा उनको परिवारले आग्रह पनि गरेको छ ।
जोशीको आधिकारिक फेसबुक पेजमा लेखिएको छ, ‘नेपाली कांग्रेसका नेता श्री नविन्द्रराज जोशीज्यूको स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा आएका समाचारहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उहाँको अहिले पनि थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकाले भ्रमपूर्ण समाचारहरूमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छौं । कुनै पनि व्यक्तिको निधन जस्तो अति संवेदनशील विषयमा अनुमानको भरमा समाचार सम्प्रेषण नगरिदिनु हुन सरोकारवाला सबैमा अनुरोध गरिन्छ ।’
यो पनि पढ्नुहोस्
केही सञ्चारमाध्यमले जोशीका बारेमा भ्रामक समाचार लेखेपछि अस्पतालले निकाल्यो यस्तो विज्ञप्ति
कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था फेरि गम्भीर, भेन्टिलेटरमा राखेर उपचार जारी