६ जेष्ठ २०८१, आइतबार

ओलीले उपाध्यक्षवाट हटाएपछि बामदेव रिसले आगो : ओलीलाई दिए अहिलेसम्मकै ठुलो टक्कर 


केपी शर्मा ओली र बामदेव गौतम

काठमाडौँ । प्रधानमन्त्री समेत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई समेत उपाध्यक्षवाट हटाएपछि बामदेव गौतम आकोशित भएर ओलीलाई अहिलेसम्मकै ठुलो टक्कर दिन सफल भएका छन् ।

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका वामदेव गौतम आफूनिकट समूहको एकता अभियानको कार्यसम्पादन समितिको बैठक बल्खुको सिद्धिगणेश पार्टी प्यालेसमा अहिले जारी रहेको छ । बैठक मध्यान्ह १२ बजेदेखि सुरु भएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुको शुक्रबार बालुवाटारमा बसेको बैठकबाट एमालेका सवै पदाधिकारी खारेज गरेर उपाध्यक्ष गौतमको पनि जिम्मेवारी खोसेको अवस्थामा गौतमले बोलाएको बैठकलाई चासोका साथ हेरिएको छ ।

उक्त बैठकले खनाल-नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्दै माओवादी केन्द्रबाट एमालेमा आएका २३ जना नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेका थिए । उनले अध्यक्ष ओलीले सबैलाई समेटेर जानुपर्ने बेलामा विधान विपरित गतिविधि गरिरहेकाले एकताका लागि कसरी काम गर्ने भन्ने विषयमा छलफल गर्न अभियानको बैठक बोलाइएको हो ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिन बैठक बोलाइएको गौतम निकट नेताले बताए । गौतमले ओलीको कदमप्रति आपत्ति जनाउँदै सच्याउनुपर्ने अडान लिएका छन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय सदस्यलाई चियापान कार्यक्रम आयोजना गरिरहेका बेला सो कार्यक्रम बहिष्कार गर्दै गौतम समूहले पनि छुट्टै भेला आयोजना गरेर ओलीलाई टक्कर दिएको हो ।

यो पनि पढ्नुहोस्

वामदेवको आफूनिकट समूहको एकता अभियान बैठक आज बस्दै

वामदेवले पनि बोलाए आफूनिकट समूहको बैठक, सक्लान् त गौतमले पुन: एकता गराउन एमालेलाई ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु