७ मंसिर २०८१, शुक्रबार

ओलीको आज बालुवाटारमा चियापान हुँदै, खनाल-नेपाल समूहले गर्यो बहिष्कार


केपी ओली, झलनाथ खनाल र माधव नेपाल

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुलाई आज चियापानका लागि बालुवाटारमा बोलाएका छन् ।

बिहान ११ बजेपछि आयोजना हुन लागेको चियापानमा सरकारका मन्त्री, सांसद र एमालेका नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर यहि सोही समयमा एमालेको तेस्रो वामदेव गौतम समूहले पनि एकता अभियानको कार्यसम्पादन समितिको बैठक बल्खुको सिद्धिगणेश पार्टी प्यालेसमा बोलाएको छ ।

देशमा राजनीतिक शक्ति संघर्ष चर्किरहेको बेला एमालेको पुनर्मिलन हुने झिनो सम्भावना देखिएका बेला ओलीले चियापान कार्यक्रम आयोजना गर्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

पार्टी पहिलेकै अवस्थामा फर्किएको सन्दर्भमा केन्द्रीय कमिटीको ७ गतेको बैठकअघि सदस्यहरुलाई चियापानका लागि बोलाइएतापनि खनाल-नेपाल समूहले उक्त चियापान बहिष्कार गर्ने भएको छ ।

पार्टीमा ओलीको भूमिका झन् सक्रिय भई अरु समूहलाई उपेक्षा गर्ने देखिएको भन्दै नेपाल समूहले भोलि कार्यकर्ता भेला बोलाएको छ । सोही भेलाको बारेमा जानकारी दिन आज अपरान्ह २ बजे हेरिटेज गार्डेन् सानेपा चोक ललितपुरमा पत्रकार सम्मेलन आयोजना गरेको उक्त समूहका नेता योगेश भट्टराईले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

वामदेवको आफूनिकट समूहको एकता अभियान बैठक आज बस्दै

वामदेवले पनि बोलाए आफूनिकट समूहको बैठक, सक्लान् त गौतमले पुन: एकता गराउन एमालेलाई ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !