६ जेष्ठ २०८१, आइतबार

ओलीले सदस्यमा मनोनयन गरेको केहि दिनमै केसीले गरे पद परित्याग


मोहनबहादुर केसी

काठमाडौ । नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय योगदान पुर्याएका मोहनबहादुर केसीले नेकपा एमालेको पदिय जिम्मेवारी परित्याग गरेका हुन् । नेकपा एमाले अध्यक्ष रहेका केपी शर्मा ओलीले जर्वजस्ती संसद विघट्न गरी गैरसंवैधानिक काम गरेको, प्रतिगमनको यात्रामा लागेको, आँफैले मारेर अदालतबाट ब्युँतिएको नेकपा एमालेलाई पनि पुनः समाप्त पार्ने खेलमा लागि परेकाले एमालेको केन्द्रिय प्रशासन विभागको सदस्य पदमा नरहने दावी गरेका छन् ।

केसी स्याङ्जा पर्वत लगाएतका जिल्लामा कम्युनिष्ट पार्टी स्थापना गर्दै निजामती प्रशासनमा ट्रेड युनियनको स्थापना गर्दै प्रशासन क्षेत्रमा लामो समय योगदान गरेका व्याक्ति हुन् ।

केसीले लेखेका छन्, “तत्कालिन नेकपा तथा हाल नेकपा एमालेका अध्यक्ष केपि सर्मा अेालीले नेपालकेा कानुन विपरित ज‌ड्ग बहादुर जवरा शैलिमा जवर्जस्ती ससद भग गरि नेपालकाे कम्युनिष्ट आन्दाेलन समाप्त पार्ने खेलमा लाग्दै आफैले मारेकेा नेकपा एमाले अदालतबाट विउते पछी पुनः त्येा पनि समाप्त पार्ने खेलमा लागेकाले मैले आजैका मितिवाट एमालेकाे केन्द्रीय प्रशासन विभागकेा सदस्य पद त्याग गर्दै साे पदमा नरहने कुरा सार्वजनिक गर्दछु । माेहन बहादुर के सी”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !