६ जेष्ठ २०८१, आइतबार

देउवा भन्छन्, ‘जब देशमा संकट आउँछ, तब कांग्रेसले नै निकास दिन्छ’


शेरबहादुर देउवा फाइल फोटो

वीरगंज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जब देशमा संकट आउँछ, तब कांग्रेसले नै निकास दिने बताएका छन् । नेपाली काँग्रेसको खेलकुद विभागले बारामा आयोजना गरेको स्वर्गीय खुमबहादुर खड्का स्मृति नेपाल-भारत अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उद्‍घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘जबजब देशमा संकट आएको छ, त्यति बेला काँग्रेस नै जनताको पार्टी बनेर संकटबाट निकास दिएको छ। यसपालीको जटिल परिपरिस्थितिमा पनि काँग्रेसले निकास दिनेछ।’ उनले अहिलेको जटिल परिस्थितिमा पनि काँग्रेसले नै निकास दिने बताएका हुन् ।

बाराको पचरौता नागरपालिकाको वडा नं ५ बेलदारीमा आइतवारदेखि दुई दिनसम्म चल्ने कुस्ती प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा बोल्दै उनले संसद पुर्नस्थापनाको निर्णय गरेर सर्वोच्च अदालतले लोकतन्त्रको रक्षा गरेको भन्दै अगामी सरकारको नेतृत्वको विषयमा पनि विभिन्न राजनीतिक दलसँग छलफल भइरहेको र सहमति जुटयो भने संकटको बेल पार्टीले देशलाई निकास दिने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !