११ पुस २०८१, बिहीबार

ओलीले आफ्ना नेता खोसेर एमालेमा राखेपछि अत्तालिएका प्रचण्ड नेपाललाई भेट्न पुगे काेटेश्वर


प्रचण्ड-नेपाल समूह फाइल फोटो

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना नेता खोसेर एमालेमा राखेपछि अत्तालिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपाललाई भेट्न नेपाल निवास काेटेश्वर पुगेका थिए ।

सर्वोच्चले नेकपा खारेज गरेसँगै आ-आफ्नै पार्टीमा फर्केका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेताहरु नेपाली र खनालबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । आइतबार पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठक लगत्तै प्रचण्ड नेता नेपाल भेट्न नेपाल निवास पुगेका थिए ।

गत साता सर्वोच्चले नेकपा खारेज गरेसँगै प्रचण्ड-नेपाल समूहको २४ गते स्थायी समितिको बैठक बसेको थियो । सोही बैठकपछि वरिष्ठ नेता नेपाल सहितका नेताहरु एमालेतिर फर्किएका थिए । आ-आफ्नै दलमा गएर संघर्ष गर्ने निर्णय गरेर छुट्टिएको एक साता नपुग्दै भेट गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले पदाधिकारी हेरफेर गरेसँगै समानान्तर पदाधिकारी बनाएकाले नेपाल र प्रचण्डबीच ओली प्रवृत्तिको विषयमा कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको हो ।

केन्द्रको हिजो शनिबार बसेको स्थायी समिति बैठकले सरकारमा रहेका ७ मन्त्रीलाई फिर्ता हुन र एमालेमा गएका २३ नेतालाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो । माओवादी केन्द्रले कारबाहीको तयारी गरेपनि उनीहरु फिर्ता नहुने मनस्थितिमा भएर कुनै स्पष्टीकरण पठाएका छैनन् ।

तर माओवादीले फिर्ताका लागि निर्देशन दिएका मन्त्री र केही सांसदहरुलाई नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय सदस्य बनाइसकेका छन् । माओवादी केन्द्रमा नफर्कने निर्णय गरेकाहरुलाई एमालेले महत्त्वपूर्ण जिम्मेवारी समेत दिइएको छ । नेकपा माओवादी केन्द्रका २३ जना नेतालाई नेकपा एमालेले केन्द्रीय सदस्य मनोनित गरेको थियो ।

यो पनि पढ्नुहोस्

माओवादीको केन्द्रीय समिति बैठकले मन्त्रीहरुलाई कारबाही नगरी किन फिर्ता बोलाउने निर्णय गर्यो ?

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकियाे, भोलि सोमबार पुनः बस्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !