९ असार २०८१, आइतबार

अन्तत: एमाले विभाजन हुने पक्का, खनाल-नेपाल पक्षले बोलायो राष्ट्रिय भेला


ओली, खनाल र नेपाल

काठमाडौं । सर्वोच्च अदातलले नेकपा एकीकरण खारेज गर्नुका साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई बदर गरेर नेकपा एमाले ब्युतियाइदिएपनि अन्तत: नेकपा एमाले विभाजन हुने संकेत देखिएको छ ।

ओली र प्रचण्डको व्यक्तिगत सत्ता र शक्ति संघर्षले राजनीतिक रुपमा नेकपा विभाजन भएर पनि सर्वोच्च अदालतले पुन:एकीकरण गर्न सक्ने फैसला गरेतापनि अव ओली पक्ष र खनाल-नेपाल पक्षको शीतयुद्धले गर्दा फेरि नेकपा एमाले विभाजनको संघारमा पुगेको देखिन्छ ।

वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल निकट केन्द्रिय सदस्यहरुको शनिबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताएको छ । तीन महिनाअघि पुस ७ गते तत्कालीन नेकपा विभाजन भएर अलग समूहमा लागेका केपी ओली र माधव नेपाल पक्ष एमाले ब्युतिएपनि पुनः विभाजनको चरणमा पुगेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा हिजो शुक्रबारको विशेष बैठकले गरेका निर्णय माधव नेपालले अस्वीकार गर्दै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेलाबाट नयाँ रणनीति तय गरिने खनाल-नेपाल पक्षका नेता भीम रावलले बताए ।

रावलका अनुसार भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, संघीय र प्रदेश सांसदका साथै प्रदेश कमिटी, जिल्ला कमिटीका पदाधिकारी, सबै स्थानीय तहका प्रमुख उपप्रमुख र जनवर्गीय संगठनका केन्द्रीय सदस्यहरु सहभागी हुनेछन् ।

रावलका अनुसार सोही भेलाबाट महत्वपूर्ण निर्णय गरिने बताए । काठमाडौंको अर्याल होटलमा बसेको खनाल-नेपाल पक्षको बैठकले शुक्रबार ओली पक्षको बैठकले गरेका कुनै पनि निर्णय नमान्ने निर्णय गरेको छ । साथै बैठकले सरकार परिवर्तनको सन्दर्भमा पनि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ । यसबारेमा भेलाले थप रणनीति गर्ने उनले बताए ।

भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाइएको नेता रावलले बताए ।

नेपालको मूलधारका कम्युनिष्टलाई दुई तिहाईको सरकार ‘बाँदरको हातमा नरिवल’ झैँ भएको छ । यत्रो नेपाली जनताले दिएको अभिमतलाई उनीहरुले जोगाउन सकेनन् । आगामी निर्वाचनमा उनीहरुको हालत खराव हुने अनुमान गर्न सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !