४ जेष्ठ २०८१, शुक्रबार

अन्तत: एमालेको बोलायो केन्द्रीय कमिटी बैठक, चैत १ गते आइतबार बस्ने


नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराही

काठमाडौँ । सत्तारूढ नेकपा (एमाले) ले केन्द्रीय कमिटीको बैठक चैत १ गते आइतबार बोलाएको छ । केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालका अनुसार बस्न लागेको केन्द्रीय कमिटी बैठकको जानकारी केन्द्रीय सदस्यहरूलाई पठाउँदैछ तर कति बजे, कहाँ बैठक बस्ने भन्नेबारे अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको बताए ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको फैसला गरेपछि एमाले ब्युँतिएर अस्तित्वमा आएपछि नयाँ परिस्थितिबारे छलफल गर्न पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकलाई चासोका साथ् हेरिएको छ ।

पार्टी एकीकरणपछि नेताहरूमा बढेको अविश्वास र आपसी विवादको समाधान बैठकले गर्ने बुझिएको छ । नवौं महाधिवेशनमा निर्वाचित र पछि मनोनीत गरी एमालेका २०५ जना केन्द्रीय सदस्य छन् । तीमध्ये माधवकुमार नेपाल पक्षमा ९० जना छन् भने १० पद रिक्त छन् । उपाध्यक्ष वामदेव गौतमसहित ३ जना तटस्थ बसेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा १०२ जना केन्द्रीय कमिटी सदस्य छन् । २५ सदस्यीय स्थायी कमिटीमा १२ जना ओली र १२ जना नेपाल पक्षमा छन् । स्थायी कमिटी सदस्य सोमनाथ प्यासी प्रदेश प्रमुख भएपछि उनको ठाउँ रिक्त छ  ।

एमालेमा झलनाथ खनाल र माधव नेपाल लगायतले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीका कामकारवाहीप्रति असन्तुष्टि जनाउँदै आएका छन् । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !