नेपाली काँग्रेसका नेता मिन विश्वकर्माले नेकपा(माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा माओवादी, काँग्रेस र जसपाको सरकार बनाउने विषयमा छलफल हुने बताएका छन् ।
सरकारले संसदलाई बिजनेश नदिएका कारण संसद बैठक लम्बिइरहेको भन्दै विश्वकर्माले भने, ‘यदि उहाँहरुले समर्थन फिर्ता लिनुभयो भने त्यो बेला नेपाली काँग्रेस, जसपा र नेकपा(माओवादी केन्द्र) ३ वटा शक्तिको बल्ल सरकार बनाउने विषयमा छलफल हुन्छ । सरकारको कार्यशैली, संसदलाई बिजनेस नदिएका कारणले संसदको बैठक लम्बिइरहेको छ ।’