काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै जनता समाजवादी पार्टीका माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको दावी गरेका छन् ।
नेम्वाङले जसपाले सांसद रेशम चौधरीलगायतलाई रिहा गर्न माग राखेको र त्यसबारे कानुन बमोजिम अगाडि बढ्ने बताए । नेम्वाङले जसपासँग सत्ता साझेदारीका लागि कार्यदल नबनेको बताए ।