६ जेष्ठ २०८१, आइतबार

देउवालाई भेटेलगत्तै भट्टराईलाई भेट्न किन टोखा पुगे प्रचण्ड ?

प्रचण्ड र बाबुराम भट्टराईवीच भेटवार्ता


प्रचण्ड र डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि साविकको नेकपाको अस्तित्व सकिएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युत्याइ दिएर कानुनी रुपमा माधव नेपालसँग डिभोर्स भएपछि अत्तालिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई भेटेलगत्तै जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटेका छन् ।

विकसित नयाँ राजनीतिक घटनाक्रमपछि प्रचण्ड बाबुरामलाई भेट्न टोखास्थित भट्टराई निवास पुगेका हुन् । मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गराएका प्रचण्ड लगत्तै भेटवार्तामा सक्रिय भएका हुन् । प्रचण्ड नेकपा (एमाले) बाहेकको सरकार बनाउने कसरतमा जुटेका छन् ।

यो पनि पढ्नुहोस्

ओली ठाकुरको भरमा, दाहाल देउवाको भरमा : के होलान् त सफल ?

माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी सहित अन्य दलसँग छलफल गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !