६ बैशाख २०८१, बिहिबार

हिरासतमा रहेका विप्लवका नेता-कार्यकर्तालाई छाड्न गृह मन्त्रालयको देशभर सर्कुलर


गृह मन्त्रालय

काठमाडौं । नेपाल सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता-कार्यकर्तालाई भोलि बिहिबारसम्म हिरासतबाट रिहा गर्न देशभर सर्कुलर गरेको छ । गृह मन्त्रालयले आज बिहिवार साँझ पत्र लेखेर सबै प्रमुख जिल्ला अधिकारीहरुलाई विप्लवका नेता-कार्यकर्तालाई रिहा गर्न सर्कुलर गरेको हो ।

प्रमुख जिल्ला अधिकारीको आदेशमा म्याद थप गरिएका विप्लव समूहका १८ जना कार्यकर्ता प्रहरीको हिरासतमा छन् । सो समूहको तेस्रो बरियताका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा छन् ।

अदालतको आदेशपछि जेलमा बसेर मुद्दाको पुर्पक्ष गरिरहेका विप्लवका बन्दीको हकमा प्रमुख जिल्ला अधिकारीहरुलाई सहजीकरण गर्न भनिएको गृह मन्त्रालयका प्रवक्ताचक्रबहादुर बुढाले बताए ।

मन्त्रालयको निर्देशनपछि काभ्रेमा हिरासतमा रहेका विप्लव समूहका तेस्रो वरियताका नेता धमेन्द्र बास्तोलालाई शुक्रबार रिहा गर्ने तयारी छ । गृह मन्त्रालयले विप्लव समूहका नेता कार्यकर्तालाई लगाएको मुद्दाको पूर्ण विवरण ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयसँग मागेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !