काठमाडौँ । नेपाल सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
आज बिहान सरकार र विप्लव समूहको नेकपार्टीबीच तीन बुँदे सहमति भएको थियो । उक्त सहमतिलाई अनुमोदन गर्ने निर्णय पनि गरेको ती मन्त्रीले जानकारी दिए ।
भोलि शुक्रबार २ बजे एउटा कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव ‘विप्लव’ले सहमतिको विस्तृत विवरण सार्वजनिक गर्ने कार्यक्रम छ ।
हिंसात्मक गतिविधिलाई अगाडि बढाउँदै शान्तिपूर्ण वार्तामा आउन नमानेपछि केपी ओली नेतृत्वको सरकारले नै २०७५ फागुन २८ गते चन्द समूहमाथि प्रतिबन्ध लगाउँदै आपराधिक समूहका रुपमा उसलाई चित्रित गरेको थियो ।
यो पनि पढ्नुहोस्
प्रधानमन्त्री ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्दै
सरकार र विप्लववीच ३ बुँदे सहमति सम्पन्न भएपछि शान्ता चौधरीले दिइन् बधाई
विप्लव र सरकारबीच ३ बुँदे सहमति भएपछि रबि लामिछाने किन खुसि भए ?
नेत्रविक्रम चन्द विप्लवले हिंसा छोड्यो, पक्राउ परेका सम्पूर्ण बन्दी रिहाई गरिने
विप्लवलाई सरकारमा आउन अफरः एउटा महत्वपूर्ण मन्त्रालय र अन्य तीन मन्त्रालय दिने तयारी