७ मंसिर २०८१, शुक्रबार

सरकारले बिप्लव समूहसँग वार्ता गरेपछि बाबुराम भट्टराईले दिए यस्तो सुझाव


डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले बिप्लव समूहसँग वार्ताको प्रयत्न ठीक रहेको बताएका छन् । डा. भट्टराईले दुवै पक्षले तत्कालीन राजनीतिक लाभांशनिम्ति हैन, दीर्घकालीन शान्ति र संरचनात्मक परिवर्तन निम्ति यसलाई प्रयोग गरे गजबहुने बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा एक स्टाटस लेख्दै डा. भट्टराईले भनेका छन्, ‘बिप्लव समूहसंग वार्ताको प्रयत्न ठीक छ । दुवै पक्षले तत्कालीन राजनीतिक लाभांशनिम्ति हैन दीर्घकालीन शान्ति र संरचनात्मक परिवर्तननिम्ति यसलाई प्रयोगगरे गजबहुनेछ । संगसंगै तत्कालीन जनयुद्ध र राज्यको नेतृत्वगर्ने शक्तिहरूसंग समझदारी गरेर TRC/वेपत्ता आयोगको काम टुंग्याए सुनमा सुगन्ध हुनेछ !’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !