१० जेष्ठ २०८१, बिहिबार

स्वराजको नेपाल भ्रमणलाई गलत टिप्पणी नगर्न प्रदीप ज्ञवालीको आग्रह


pradip zewali

२१ माघ, काठमाण्डौ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई नकारात्मक टिप्पणी नगर्न नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले आग्रह गरेका छन् । उनले स्वराजको यो भ्रमणवाट नयाँ परम्पराको थालनी भएको र नेपालको समथ्र्य बढ्दोछ भन्ने देखिएको बताए ।

रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता ज्ञवालीले नेपालमा सरकार बनाउन लागेको शक्तिसँग मिलेर काम गर्न तयार छौं भनेर प्रधानमन्त्रीको विशेष दूत आउनु सकारात्मक भएको बताए । ‘नेपालमा सरकार बनाउन बाहृय शक्तिको आशिर्वाद चाहिन्छ भन्ने गलत परम्परा स्थापित हुँदै आएको थियो । त्यो तोडिएको छ’ ज्ञवालीले भने, ‘नयाँ सरकार बन्न लागेको समयमा सरकारको नेतृत्व गर्न लागेको दललाई यहीँ आएर बधाइ दिनु भनेको नेपालको समर्थ्य बढ्दोछ भन्ने हो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !