काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीको बैठकवाट सुवास नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन गरिएको छ । पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन गर्ने निर्णय गरिएको स्रोतले बतायो ।
बैठकले संसदीय दलको नेताबाट केपी शर्मा ओली, उपनेताबाट सुवास नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई जिम्मेवारबाट हटाउने निर्णय गरेको छ । नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको नेता वर्षमान पुनले जानकारी दिए ।