१ मंसिर २०८१, शनिबार

६ नम्बर प्रदेशको सभाहलमा पत्रकारहरुलाई प्रवेश निषेध


pradesh 6

२१ माघ, सुर्खेत । ६ नम्बर प्रदेशको पहिलो बैठकमा ठाउँ अभावका कारणले गर्दा पत्रकारहरुलाई रिपोर्टिङ गर्न हलभित्र प्रवेश निषेध गरिएको छ । पत्रकारहरुका लागि हल बाहिर सुरक्षाकर्मीहरु रहेको स्थानवाट रिपोर्टिङ गर्ने व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ ।

हलको बाहिर एक साइडमा सुरक्षाकर्मी र एक साइडमा पत्रकारलाई र अन्य नागरिक बस्ने व्यवस्था मिलाइएको छ । सोही ठाउँमा टिभीको ठूलो स्कृनमा लाइभ देखाउने व्यवस्था गरिएको छ । नेपाल टेलिभिजनलाई भने हलभित्र प्रवेश गराउने तयारी गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !