७ बैशाख २०८१, शुक्रबार

आफ्नो ज्यानमाथि खतरा रहेको भनेर बोल्ने ‘लुते’ प्रधानमन्त्री ओली चाहिँदैन : गगन थापा


गगन थापा

जनकपुरधाम । नेपाली कांग्रेसका युवा नेता गगन थापाले मंगलबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘लुते’ को संज्ञा दिएका छन् । नेता थापाले आफ्नो ज्यानमाथि खतरा रहेको भनेर बोल्ने ‘लुते’ प्रधानमन्त्री नचाहिने बताए ।

जुन देशका प्रधानमन्त्रीले आफ्नो ज्यान जोगाउन नसक्ने लुते प्रधानमन्त्री नचाहिएको बताए । वर्तमान प्रधानमन्त्रीसँग अब कुनै अपेक्षा नरहेको भन्दै नेता थापाले केही दिनभित्र बिदाइ गर्ने अभिभारा पूरा गर्नुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !