१२ असार २०८१, बुधबार

विप्लव समूहले सरकारसँग वार्ता गर्न कसको नेतृत्वमा वार्ता टोली पठाउला ?


नेत्रविक्रम चन्द

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समूहले सरकारसँग वार्ता गर्न कसको नेतृत्वमा वार्ता टोली पठाउला ? भन्ने आम नेपाली जनताको चासो बढेको छ ।

नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले विप्लव नेतृत्वकाे नेकपासँग वार्ता गर्न दुई सदस्यीय वार्ता समिति गठन गरेकाे जानकारी दिएका छन् ।

सरकारको तर्फवाट वार्ता समितिका संयाेजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ रहेका छन् भने सदस्यमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन् । मन्त्री गुरुङले अव छिट्टै सो समूहको पनि वार्ता टोली सार्वजनिक हुने र छलफल अघि बढने जानकारी दिएका छन् ।

विप्लव समूहकाे नेकपाले सरकारसँग वार्ता गर्न उक्त समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गर्ने सम्भावना रहेको विप्लव निकट गोप्य स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय सरकारी तवरबाट समेत वार्ताका लागि पहल भएपछि विप्लव समूहले सहज वातावरणमा राजनीतिक गर्ने परिस्थिति बनाइए वार्ता गर्न तयार रहेको बताएको थियो ।

उक्त पार्टीका महासचिव विप्लवले वार्ताका लागि आफूहरु सकारात्मक रहेको भन्दै विज्ञप्ति नै जारी गरेपछि सरकारले वार्ता समिति बनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक समूहसँग वार्ता गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए ।

विप्लव समूहको वार्ता समितिमा को-को सदस्य छन् भन्ने बताइएको छैन । यो वार्ता समिति औपचारिक रुपमा घोषणा हुन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !