७ पुस २०८१, आइतबार

अन्तत: ओली सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्यो, अब विप्लवका कार्यकर्ता रिहा होला त ?


नेत्रविक्रम चन्द

काठमाडौँ । सरकारले विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न वार्ता समिति गठन गरेकाे छ । यो संगै सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने भएको छ ।

सरकारको तर्फवाट वार्ता समितिका संयाेजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ रहेका छन् भने सदस्यमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिबन्ध फुकुवा गर्ने बताएका हुन् ।

सरकारले २८ फागुन २०७५ देखि विप्लव समूहलाई प्रतिबन्ध लगाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !