७ बैशाख २०८१, शुक्रबार

सरकारद्वारा विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री थापाको नेतृत्वमा २ सदस्यीय टोली गठन


राम बहादुर थापा र राजन भट्टराई

काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न दुई सदस्यीय वार्ता समिति गठन गरेकाे छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सो कुरा जानकारी दिएका छन् ।

सरकारको तर्फवाट वार्ता समितिका संयाेजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ रहेका छन् भने सदस्यमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन् ।

वार्ताका माध्यमबाट नै समस्या समाधान गर्ने नेपाल सरकारको निर्णयानुरुप गृहमन्त्री रामबहादुर थापाका संयोजकत्वमा वार्ता टोली आज गठन गरिएको हो ।

नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले केही बेरअघि जारी गरेर प्रेस विज्ञप्तिमा वार्ताटोली गठन गरिएको जनाइएको छ ।

अव छिट्टै सो समूहको पनि वार्ता टोली सार्वजनिक हुने र छलफल अघि बढने मन्त्री गुरुङले जानकारी दिएका छन् ।

संचार मन्त्री पार्वत गुरुङद्वारा सरकार विप्लव वार्ता टोली गठन प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !