६ जेष्ठ २०८१, आइतबार

५ नम्बर प्रदेशको प्रदेशसभाको पहिलो बैठक आज बस्दै


pradesh 5 ko savahal

२१ माघ, बुटवल । ५ नम्बर प्रदेशको पहिलो बैठक आइतबार बस्दैछ । दिउँसो एक बजे बोलाइएको प्रदेशसभाको पहिलो बैठककको तयारी पूरा भएको संघीय संसद् सचिवालयका सहसचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

बैठक राष्ट्रिय गान बजाएर बैठक आरम्भ गरिने कार्यसूची रहेको छ । त्यसपछि एकमिनेट शहीदको सम्झनामा मौनधारण हुनेछ । सभाका ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले प्रदेशसभाको पहिलो बैठक आह्वानसम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनेछन् ।

प्रदेशसभा सचिवालयका अनुसार २८ माघमा सभामुखको निर्वाचन गर्ने कार्यसूची तयार पारिएको छ । जसका लागि २७ गते मनोनयन दर्ताको समय तोकिनेछ । अन्तरिम कार्यविधिको मस्यौदा तयार प्रदेशसभा सचिवालयले प्रदेशसभा अधिवेशन सञ्चालनका लागि अन्तरिम कार्यविधिको मस्यौदा तयार गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !