७ जेष्ठ २०८१, सोमबार

वली-पन्त विवाद उत्कर्षमा : कमल वली भन्छिन्, ‘न्याय माग्न अदालत जान्छु’

रघुजी पन्तविरुद्ध न्याय माग्न अदालत जाने कोमल वलीको चेतावनी


कमल ओली र रघुजी पन्त

काठमाडौँ । राष्ट्रियसभा सदस्य कोमल ओलीले  कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका नेता रघुजी पन्तले आफूविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै न्याय माग्न अदालत जाने बताएकी छन् । दाङमा रहेकी वलीले नेता पन्तले निच अभिव्यक्ति दिएको भन्दै काठमाडौं आएपछि अदालत जाने बताएकी हुन् ।

‘साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि प्रधानमन्त्रीले ओलीलाई सांसद बनाएको’ टिप्पणी गरेका पन्तप्रति सामाजिक संजालमा आक्रोश व्यक्त गर्दै वलीले ‘पन्त कतिसम्म निच रहेको भन्ने कुरा बल्ल खुलेको’ बताउदै सो अभिव्यक्तिप्रति कडा आक्रोश व्यक्त गरेकी छन् ।

एक कार्यक्रममा पन्तले प्रधानमन्त्रीले कोमल वलीलाई सांसद बनाएको टिप्पणी गरेका थिए भने पन्तको उक्त अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै वलीले मानव विकासका क्रममा बन्ने उनका तन्तुहरु वीचमै रोकिएको बताएकी छन् ।

प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेकाले एकअर्काको आदर सम्मान विना समाजमा न्याय, समानता र विवेकशीलताको अन्त हुने ओलीको भनाइ छ । विवेकहीन मानिसको आलोचनाले आफैलाई आलोचित गर्ने भन्दै वलीले त्यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको छिट्टै दुर्घटना हुने टिप्पणी गरेकी छन् ।

अहिले आफ्ना साथीभाइहरुसँग सरसल्लाह गरिरहेकी वली भोलिसम्म दाङमै व्यस्त रहने भएकोले पर्सी काठमाडौंमा आइसकेपछि आफ्नो वकिलसँग सरसल्लाह गरेर कानुनी प्रक्रियामा जाने विचार व्यक्त गर्दै आफू न्यायको लागि अदालतमा जाने बताएकी छिन् ।

पन्तले पार्टीमा लामो योगदान दिएका नेतृहरुले राष्ट्रियसभा सदस्य र केन्द्रीय सदस्य नपाएको तर वलीले दुवै पद पाएको बताएका थिए । नेता पन्तको अभिव्यक्तिको खण्डन गर्दै वलीले लामो फेसबुक स्टाटस लेखेकी थिइन् ।

यसरी संसद ओली र नेता पन्तवीच शब्दको शीतयुद्धले सामाजिक संजाल र अनलाइनमा जताततै चर्चा-परिचर्चा शुरु भएको छ  भने पन्तको अभिव्यक्तिमाथि सामाजिक सञ्जारतिर पनि चर्को आलोचना भएको छ ।

वली नेकपामा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपामा छिन् भने पन्त प्रचण्ड-नेपाल समूहको नेकपामा आवद्ध रहेका छन् । ओली र प्रचण्ड-नेपाल समूहको अध्यक्षहरुमा विचारको शीतयुद्ध चलिरहेको बेला नेता तथा कार्यकर्ता समेतमा विवादले चर्को रुप लिएको छ जसले गर्दा नेपालको कम्युनिष्ट आन्दोलन नै धरापमा परेको विश्लेषण हुन् थालेको छ ।

यो पनि पढ्नुहोस्

रघुजी पन्तको अभिव्यक्तिप्रति कोमल ओलीको कडा आपत्ति, अव के होला ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !